सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित

वैशाख २८ काठमाडौं ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधि सभाको बैठक बाट बहुमतले पारित भएको हो।

बैठकमा सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिएको थियो। प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि बोल्न बाँकी रहेका सांसदहरूले आफ्ना धारण राखे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नको जबाफ दिएका थिए।

त्यसपछि सभामुख देवराज घिमिरेले सरकारको नीति तथा कार्यक्रममाथिको संशोधनहरू प्रस्तुत गरेका थिए। संशोधनहरू बहुमतले अस्वीकृत गरेपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिएको थियो।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *