आज नेपाल राष्ट्र बैंकले ३० अर्ब तरलता खिच्दै

वैशाख २८ काठमाडौं ।
आज नेपाल राष्ट्र बैंकले ३० अर्ब तरलता खिच्दै छ। नेपाल राष्ट्र बैंकिङ प्रणाली बाट ३० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको हो।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज प्रणाली बाट तरलता खिच्ने भएको छ। २१ दिन अवधिका लागि ३० अर्ब रुपैयाँ तरलता खिच्न लागिएका राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ।

निक्षेप संकलन उपकरण बोलकबोल तरलता खिच्न लागिएको राष्ट्रले जनाएको छ। बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन पेस गर्न सक्ने जनाएको।

राष्ट्र बैंकले बोलकबोलमा ल्याउन निक्षेप संकलन उपकरणमा लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाले आवेदन पेस गर्न सक्नेछन्।

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल बाट तय हुनेछ। यसको साँवा तथा ब्याज भुक्तानी आगामी १८ जेठमा हुने छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *