वैशाख २८ काठमाडौं ।
शान्तिका लागि पुटिनले युक्रेनलाई प्रत्यक्ष वार्ताका लागि प्रस्ताव गरेका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्तिका लागि युक्रेनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका हुन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाए अनुसार क्रेमलिन बाट राष्ट्रपति पुटिनले रूस–युक्रेनबीच दीगो शान्ति स्थापना र युद्धका कारणहरुको समाधानका लागि प्रत्यक्ष वार्ताको प्रस्ताव गरेको जनाएको छ।
पुटिनले बिहीबार टर्कीको इस्तानबुलमा प्रत्यक्ष वार्ताको प्रस्ताव गरेको जनाएको छ। पुटिनको उक्त प्रस्तावबारे युक्रेनले अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएको रोयटर्सले लेखेको छ।
पुटिनले रूस शान्तिको पक्षमा छ भन्ने कुरा विभिन्न अवसरमा घोषणा गरिएका अस्थायी युद्धविरामहरूले पुष्टि गर्ने बताएका छन्।
पुटिनले मे महिनामा युक्रेनले रूसमाथि ५२४ ड्रोन, ४५ समुद्री ड्रोन र उत्तिकै संख्यामा मिसाइलहरू प्रहार गरेको बताएका छन्। रूसका पाँच क्षेत्रलाई लक्ष्य गरी प्रहार गरिएका ती आक्रमणहरू निस्तेज पारिएको पनि पुटिनले बताएका छन्।
अमेरिकाको मध्यस्थतामा साउदी अरबमा अमेरिकी अधिकारीहरूले रूसी र युक्रेनी अधिकारीहरूसँग छुट्टाछुट्टै वार्ता गरेका थिए।