वैशाख २६ काठमाडौं।
सीमा नाकाहरुमा सुरक्षा निगरानी कडाई गरेको छ। रूपन्देहीको सीमा नाकाहरूमा सुरक्षा निकायले निगरानी बढाएको हो।
पाकिस्तान र भारत बीच बढ्दै गएको द्वन्द्वका कारण सम्भावित जोखिमलाई ध्यानमा राखेर सीमा क्षेत्रमा निगरानी बढाइएको रुपन्देहीको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जनाएका छन्।
‘सीमा नाकाबाट अवैध घुसपैठ र आवतजावत हुनसक्ने भन्दै सशस्त्र प्रहरीले सीमा क्षेत्रमा तालिम प्राप्त कुकुर समेत परिचालन गरेर निगरानी बढाएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताएका छन्।
शंकास्पद लागेका व्यक्तिहरूको परिचय पत्र हेरेर मात्रै नेपाल प्रवेश गर्न दिइएको छ भने नेपाल प्रवेश गर्नेहरूको अभिलेख समेत सीमा नाकामा राख्ने गरिएको जनाएको छ।
रूपन्देहीको करिब ७० किलोमिटर दक्षिणी भाग भारतसँग सीमा जोडिएको छ। सीमा नाका लामो र खुला भएकाले पनि अझ बढी चनाखो भएर सीमा निगरानी गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताएका छन्।