वैशाख २५ काठमाडौं ।
पानी जहाज सञ्चालन सम्बन्धी विधेयक राष्ट्रिय सभामा दफावार छलफलमा रहेको छ। सरकारले पानी जहाज सञ्चालन तथा व्यावस्थापन विधेयकमा नेपालीले सञ्चालन गर्ने पानी जहाजमा नेपाली झन्डा अनिवार्य राख्नुपर्ने गरी कानुन बनाइँदै छ।
सरकारले पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरेको हो । विधेयकमा झन्डा राख्नु पर्ने व्यवस्था अनिवार्य गरिएको छ।
व्यापारिक पानीजहाजको झन्डा त्यस्तो जहाजको राष्ट्रियताको चिन्ह हुने र झन्डाले पानीजहाजलाई विदेशी बन्दरगाह वा समुद्रमा रहँदा अन्तर्राष्ट्रिय महासन्धि बमोजिमको सुविधा तथा सम्मानको अधिकार प्राप्त हुने व्यवस्था प्रस्ताव गरिएको छ।
ऐन बमोजिम दर्ता भएको प्रत्येक व्यापारिक पानी जहाजमा नेपालको झन्डा राखु पर्ने र पानीजहाजमा राखिने झन्डाको आकार, स्वरूप तथा प्रकृति सम्बन्धी व्यवस्था राखिएको छ। विधेयकको दफा ४७ मा झन्डाको प्रयोग सम्बन्धी व्यवस्था छ।
जसले पानीजहाजले पानीजहाजको पछिल्लो भाग (स्टर्न) मा रहेको ध्वज दण्ड (फ्लैग स्टाफ) वा पछिल्लो मस्तुल (अफ्टर मोष्ट माष्ट) मा झन्डा फहराउनु पर्ने भनिएको छ।
विधायन समितिमा विचाराधीन विधेयक पास भएपछि राष्ट्रिय सभामा पेस हुन्छ। राष्ट्रिय सभाले पारित गरेपछि प्रतिनिधि सभामा पुग्छ।