वैशाख २५ काठमाडौं ।
आज देशको पहाडी भूभागहरुमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशमा वर्षा गराउने विभिन्न प्रणाली सक्रिय रहेको महाशाखाले जनाएको हो। अहिले देशको मौसमी प्रणालीमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव, अतिरिक्त बंगालको खाडी र अरब सागर बाट समेत आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको महाशाखाले बताएको छ।
जसको कारण देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ।
देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनच, ट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
Post Views: 59