काभ्रेपलाञ्चोकको बनेपामा चण्डेश्वरी जात्रा तिन दिनसम्म मनाइँदै

वैशाख २४ काठमाडौं ।
काभ्रेपलाञ्चोकको बनेपामा चण्डेश्वरी जात्रा तिन दिनसम्म मनाइँदै छ। ऐतिहासिक नगर बनेपामा करिब दुई हजार पाँच सय वर्षदेखि चण्डेश्वरी जात्रा मनाईंदै आइएको छ।

वैशाख शुक्ल पूर्णिमा, जसलाई विशेषगरी नेवार समुदायले हरेक वर्षको चण्डी (वैशाख शुक्ल) पूर्णिमा देखि तीन दिनसम्म उक्त जात्रा मनाउने गर्दछन्।

जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन्। पूर्णिमाको अघिल्लो दिन हनुमान ढोकाबाट ल्याइने तरवार (खड्ग)सँगै जात्रामा सरकारको तर्फबाटसमेत पूजागर्ने व्यक्तिको सहभागिता रहने गर्छ।

जात्रा अवधिभर बनेपाका सबै नेवार समुदायका घरघरमा भोज गरिन्छ। बूढापाकाले टोलटोलमा बसी भजन गाउँछन्।तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ।

यस्तै हरेक घरमा तयार पारिएका प्रसादहरु झ्याल बाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउँछन्। खटलाई मन्दिर नजिक पु¥याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ।

दोस्रो दिन बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधि गरिएको स्थान भन्ने विश्वास गरिएको ठाउँमा रथ पु¥याउने र भव्य स्वागत सत्कारका साथ पूजाआजा र बलि दिने परम्परा रहेको छ।

चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहक लगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकोले यो जात्रालाई विशेष महत्वका साथ लिइने गरिएको छ।

किंवदन्ती अनुसार करिब दुई हजार ५०० वर्ष अगाडि दैत्यराज चण्डासुरले लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाएको थियो।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *