आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

वैशाख २४ काठमाडौं ।
आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण भएको छ। अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ८० पैसा र बिक्रीदर १३५ रूपैयाँ ४० पैसा कायम भएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ५८ पैसा र बिक्रीदर ९८ रूपैयाँ ०१ पैसा, युरोपियन युरो एकको खरिददर १५२ रूपैयाँ ७० पैसा र बिक्रीदर १५३ रूपैयाँ ३८ पैसा तोकिएको छ।

युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रूपैयाँ १४ पैसा र बिक्रीदर १८० रूपैयाँ ९४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६३ रूपैयाँ ४० पैसा र बिक्रीदर १६४ रूपैयाँ १३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ५६ पैसा र बिक्रीदर १०५ रूपैयाँ ०२ पैसा निर्धारण भएको छ।

त्यस्तै जापानी येन १० को खरिददर नौ रूपैयाँ ४३ पैसा र बिक्रीदर नौ रूपैयाँ ४७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९४ पैसा र बिक्रीदर ३६ रूपैयाँ १० पैसा, कतारी रियाल एकको खरिददर ३६ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३७ रूपैयाँ १५ पैसा तोकिएको छ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६८ पैसा र बिक्रीदर १८ रूपैयाँ ७६ पैसा, थाई भाट एकको खरिददर चार रूपैयाँ १३ पैसा र बिक्रीदर चार रूपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ७० पैसा र बिक्रीदर ३६ रूपैयाँ ८६ पैसा छ।

मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३१ रूपैयाँ ९९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ७६ पैसा र बिक्रीदर नौ रूपैयाँ ८१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ०१ पैसा र बिक्रीदर १४ रूपैयाँ ०७ पैसा तोकिएको छ।

डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ४६ पैसा र बिक्रीदर २० रूपैयाँ ५५ पैसा, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ३९ पैसा र बिक्रीदर १७ रूपैयाँ ४७ पैसा, कुवेती दिनार एकको खरिददर ४३९ रूपैयाँ ६९ पैसा र बिक्रीदर ४४१ रूपैयाँ ६५ पैसा तोकिएको छ।

बहराइन दिनार एकको खरिददर ३५७ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३५९ रूपैयाँ १४ पैसा, ओमनी रियाल एकको खरिददर ३५० रूपैयाँ १३ पैसा र बिक्रीदर ३५१ रूपैयाँ ६९ पैसा र भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *