वैशाख २३ काठमाडौं ।
पूर्वमन्त्री तथा नेकपा एमालेको नेता प्रदीप नेपालको निधन भएको छ। केहीदिन अघि अस्पताल भर्ना भएका नेपाललाई हिजो आईसीयूमा राखिएको थियो।
वामपन्थी नेता नेपालको ७१ वर्षको उमेरमा पार्किसन रोगको कारण दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो। उनी नेकपा एमालेको ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री र शिक्षामन्त्री समेत बनेका थिए।
लेखक तथा साहित्यकार समेत रहेका नेपाल सञ्जय थापाको नामबाट प्रगतिशील साहित्य क्षेत्रमा चिनिएका थिए। पछिल्लो समय भने नेपाल राजनीतिबाट निष्क्रिय थिए।
Post Views: 103