कोशी टप्पु वन्यजन्तु आरक्षमा पर्यटकको सङ्ख्या वृद्धि

वैशाख २३ काठमाडौं ।
कोशी टप्पु वन्यजन्तु आरक्षमा पर्यटकको सङ्ख्या वृद्धि भएको छ। चालु आर्थिक वर्षमा कोशीटप्पु वन्यजन्तु आरक्षममा आन्तरिक तथा बाह्य पयृटकको वृद्धि भएको हो।

अर्ना र चराका लागि प्रसिद्ध मानिन्छ। आरक्षक संरक्षकको अनुसार गत साउनदेखि चैत मसान्तसम्म आठ हजार ४१५ जना आन्तरिक, ६६ जना सार्क मुलुक र अन्य विदेशी नागरिक २१० पर्यटकले आरक्षको भ्रमण गरेको जनाएको छ।

आरक्षका संरक्षण अधिकृत भुपेन्द्रसाद यादवको अनुसार पर्यटकको सङ्ख्या बाट आरक्षमा २५ लाख १९ हजार १६६ रुपैयाँ राजस्व सङ्कलन भएको उल्लेख गरेको छ।

आरक्षमा नेपालमा मात्र पाइने दुर्लभ अर्ना, भर्खरै हुर्कँदै गरेका गैँडा र साइबेरिया लगायतका देशबाट आउने पाहुना चरा हेर्न तथा अवलोकन गर्न पर्यटक आउने गरेको आरक्ष प्रशासनले जनाएको छ। आरक्षमा ५२० प्रजातिका चराको वास स्थान रहेको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *