अर्थमन्त्री र प्रचण्ड बिच बजेटबारे छलफल

वैशाख २३ काठमाडौं ।
आज अर्थमन्त्री र प्रचण्ड बिच बजेट बारे छलफल भएको छ। अर्थमन्त्री विष्णु पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका हुन्।

आज बिहान् अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा भएको थियो। भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रचण्डसँग छलफल गरेको प्रचण्डको सचिवालयले जनाएको छ।

नीति तथा कार्यक्रम वैशाख १९ गते सार्वजनिक गरेको सरकारले जेठ १५ गते बजेट ल्याउने गृहकार्यमा जुटेको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *