वैशाख २१ काठमाडौं ।
आज नेपाल राष्ट्र बैंकले ५० अर्ब तरलता खिच्न लागेको छ। बैंकले २१ दिनका लागि उक्त रकम तान्न लागेको हो।
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि त्यसको व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण मार्फत तान्न लागेको छ।
राष्ट्र बैंकले सातामा दुई पटक आइतबार र बुधबार निक्षेप संकलन उपकरण मार्फत बैंकिङ प्रणालीबाट पैसा तान्दै आएको छ।
आज फेरि उक्त रकम राष्ट्र बैंकले सूचना जारी गरेर यसका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सकिने जानकारी दिएको छ। राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन्।
निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकमा पैसा निक्षेप गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन्।