वैशाख २० काठमाडौँं ।
नेपाल भित्रिने पर्यटकको संख्या बढ्दो रहेको छ। सन् २०२५ को अप्रित महिनाको हालसम्मकै उच्च रहेको जनाएको छ।
नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ।
अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट ९ हजार ३७ र संयुक्त अधिराज्य बेलायतबाट ६हजार ८३८ पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ।
अप्रिल महिनामा नेपाल पर्यटन बोर्डले उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएको जनाएको छ। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन्।
सन् २०२४ को अप्रिलमा एक लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल आएका छन्। बोर्डको अनुसार ‘हामीले आधिकारिक रुपमा १०६ दशमलव ५ प्रतिशत पूर्व–महामारी स्तरमा पुगेको र यसले बलियो ‘रिकभरी’ साथै नेपालमा बढ्दो विश्वव्यापी चासो बढेको उल्लेख गरेको छ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अप्रिल महिनाको पर्यटक आगमन उत्साहवद्र्धक रहेको बताएका छन्।