दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति सुले दिए राजीनामा

वैशाख १९ काठमाडौं ।
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक सूले राजीनामा दिएका छन्। सूले आगामी जुनमा हुने आम निर्वाचनमा उम्मेदवारी दिनका लागि अहिले पदबाट राजीनामा दिएको बताइएको छ।

हानले बिहीबार प्रधानमन्त्री र कार्यवाहक राष्ट्रपतिबाट राजीनामा दिएका हुन्। सूले देशका लागि ठूलो जिम्मेवारी वहन गर्ने उद्देश्य लिएको र देश, जनताका लागि ठूलो जिम्मेवारी लिनका लागि तत्काल पदबाट राजीनामा दिएको बताएका छन्।

मार्च २४ मा संवैधानिक अदालतले हानमाथि संसदले लगाएको महाभियोग बदर गरी उनलाई पुनः कार्यवाहक राष्ट्रपतिमा पुनर्बहाली गराएको थियो।

हान डक सूले राजीनामा दिएपछि उपप्रधानमन्त्री तथा अर्थमन्त्री चोई साङ मोकलाई कार्यवाहक राष्ट्रपति र प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *