न्यायिक अनुभव र सहयोग सम्बन्धी नेपाल र बेलायतबीच सहमति

वैशाख १८ काठमाडौं ।
न्यायिक अनुभव र सहयोग आदानप्रदानसम्बन्धी नेपाल र बेलायतबीच सहमति भएको छ।

बेलायत भ्रमणमा रहेका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र बेलायतको सर्वोच्च अदालतका अध्यक्ष लर्ड रीडबीच भेटवार्ता पछि सहमतिपत्रमा हस्ताक्षर भएको हो।

बेलायतको सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहितको टोली बेलायत सरकारको निम्तोमा बेलायत भ्रमणमा रहेको बेला सहमतीपत्रमा हस्ताक्षर भएको हो।

दुई देशका सर्वोच्च अदालतबीच सद्भाव र सहयोग आदानप्रदानका लागि ‘एक्सचेज अफ गुडविल लेटर’मा हस्ताक्षर भएको हो। भेटमा दुई देशको न्यायप्रणाली र न्यायिक अभ्यासका वारेमा अनुभव आदानप्रदान गर्ने सहमति भएको थियो।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *