म्याग्दीको राहुघाट जलविद्युत् आयोजनाले १५ दिनभित्र परीक्षण उत्पादन थाल्ने

वैशाख १८ काठमाडौं ।
म्याग्दीको राहुघाट जलविद्युत् आयोजनाले १५ दिनभित्र परीक्षण उत्पादन थाल्ने भएको छ।

राहुघाट ‘बेसिन’मा निर्माण भएको यो पहिलो जलविद्युत् आयोजना हो। तुदी पावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले आगामी १५ दिनभित्र परीक्षण उत्पादन सुरु गर्ने भएको छ।

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ।

विद्युतगृहमा उपकरण जडान हुनाका साथै प्रसारण लाइन पनि तयार भएको उत्पादित बिजुली केन्द्रीय प्रणालीमा प्रवाह गर्न १४ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइन निर्माण गरिएको आयोजनाका आवासीय इन्जिनियर प्रकाश तिमिल्सिनाले जनाएका छन्।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *