आजको प्रतिनिधिसभा बाट भन्सार विधेयक पारित

वैशाख १६ काठमाडौं ।
आजको प्रतिनिधिसभा बाट भन्सार विधेयक पारित भएको छ। अघिल्लो सरकारले ल्याएको भन्सार विधेक आज प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

जसलाई सभाले पारित गरेको हो। तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतले १८ असोज २०८० मा प्रतिनिधिसभामा दर्ता गरेका थिए। अर्थ समितिबाट पारित भएर १४ वैशाख २०८१ मा सभामा गएको विधेय आज सभाले पारित गरेको हो।

सभाले पारित गरेको विधेयक राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधिसभामा आउँछ। सभामुख हुँदै राष्ट्रपति कहाँ पुग्छ र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा कार्यान्वयनमा भन्सार विधेयक आउने छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *