आजको निर्धारण भयो विदेशी मुद्राको विनिमय दर

वैशाख १६ काठमाडौं ।
आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण भएको छ। अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ७६ पैसा र बिक्रीदर १३६ रूपैयाँ ३६ पैसा कायम भएको छ।

युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रूपैयाँ ०५ पैसा र बिक्रीदर १८१ रूपैयाँ ८५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रूपैयाँ ४१ पैसा र बिक्रीदर १६४ रूपैयाँ १३ पैसा, युरोपियन युरो एकको खरिददर १५४ रूपैयाँ ०१ पैसा र बिक्रीदर १५४ रूपैयाँ ६९ पैसा कायम भएको छ।

सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ३० पैसा र बिक्रीदर १०३ रूपैयाँ ७५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रूपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ८६ पैसा र बिक्रीदर ९८ रूपैयाँ ३० पैसा तोकिएको छ।

केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ ४६ पैसा र बिक्रीदर नौ रूपैयाँ ५० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ १९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६० पैसा र बिक्रीदर १८ रूपैयाँ ६८ पैसा छ।

कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ २५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४१ पैसा, थाई भाट एकको खरिददर चार रूपैयाँ ०४ पैसा र बिक्रीदर चार रूपैयाँ ०५ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रूपैयाँ १२ पैसा कायम भएको छ।

त्यस्तै मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ १२ पैसा र बिक्रीदर ३१ रूपैयाँ २५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ४० पैसा र बिक्रीदर नौ रूपैयाँ ४४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ र बिक्रीदर १४ रूपैयाँ ०७ पैसा तोकिएको छ।

डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ६३ पैसा र बिक्रीदर २० रूपैयाँ ७२ पैसा, हङ्कङ डलर एकको खरिददर १७ रूपैयाँ ५० पैसा र बिक्रीदर १७ रूपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रूपैयाँ ५२ पैसा र बिक्रीदर ४४४ रूपैयाँ ४७ पैसा छ।

बहराइन दिनार एकको खरिददर ३६० रूपैयाँ १४ पैसा र बिक्रीदर ३६१ रूपैयाँ ७४ पैसा, ओमनी रियाल एकको खरिददर ३५२ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३५४ रूपैयाँ १८ पैसा, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *