वैशाख १५ काठमाडौं ।
खुम्बु क्षेत्रमा भारी हिमपात भए सँगै अमेरिकी पदयात्री सगरमाथा क्षेत्रमा सम्पर्कविहीन भएका छन्। आइताबारदेखि लगातार उच्च हिमाली क्षेत्र खुम्बुमा भारी हिमपात भइरहेकोले हिमपातका कारण पर्यटक र स्थानीयवासी प्रभावित भएको जनाएको छ।
हिमपातका कारण सगरमाथा आरोहण गरिरहेका अधिकांश आरोहीहरू आधार शिविरमै रोकिएका छन्। हिमपातका कारण पदमार्ग अवरुद्ध हुँदा गोक्यो क्षेत्रमा पर्यटक समस्यामा परेका तथा ‘हिउँले बाटो पुरिएकोले कतिपय पर्यटक समस्यामा परेका छन् भने संख्या यकिन भइ नसकेको छैन खुम्बु क्षेत्र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले जनाएका छन्।
प्रशासन र सम्बन्धित निकायले प्रभावित क्षेत्रका पर्यटक तथा स्थानीयको सुरक्षालाई प्राथमिकतामा राखेर उद्धार र व्यवस्थापनका लागि समन्वय गरिरहेको जनाएको छ।
Post Views: 2