वैशाख १५ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक घटेर २६४७ अंक कायम भएको छ। सेयर बजारको परिसूचकसँगै कारोबार रकम घटेको छ।
आज ८ अर्ब ९१ करोडको कारोबार भएको छ। ७८ कम्पनीको मूल्य बढ्दा १६७ को घट्यो। फाइनान्स सबैभन्दा धेरै १.४० प्रतिशत बढ्यो।
आज सबैभन्दा धेरै २.१४ प्रतिशत, बैंकिङ ०.६५, विकास बैंक ०.२८, होटल तथा पर्यटन ०.२३, हाइड्रोपावर ०.७५, जीवन बीमा ०.१३, उत्पादन ०.५४, माइक्रोफाइनान्स ०.७६ निर्जीवन बीमा ०.०२ तथा अन्य ०.२१ प्रतिशत घट्यो।
नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो। मध्यभोटेकोशी हाइड्रोपावरको ७.६२, ग्रिन डेभलपमेन्ट बैंकको ६.९७, मानुषी लघुवित्तको ५.७९ प्रतिशत मूल्य बढ्यो।
सप्तकोशी विकास बैंकको मूल्य सबैभन्दा धेरै ८.४५ प्रतिशत घट्यो । युनिभर्सल पावरको ४.८०, त्रिशुली जलविद्युतको ४.७९ प्रतिशत घट्यो।