वैशाख १५ काठमाडौं ।
यारी नाका भन्सार कार्यालय पुनःसञ्चालनमा आएको छ। अत्यधिक चिसोका कारण गत पुस १० गतेदेखि बन्द भएको यारी नाका कार्यालय पुनः सञ्चालनमा आएको हो।
हुम्लाको उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालय चार महिनापछि सञ्चालनमा आएको छ। ’तत्कालीन समयमा उक्त क्षेत्रमा हिउँ जम्न थालेपछि विभागलाई जानकारी गराएरै कार्यालय बन्द गरिएकोमा आइतबारदेखि पुनः कार्यलय सञ्चालनमा आएको कार्यालय प्रमुख रामराज जैसी पुनः हिल्सामा पुगेपछि सेवा सुरु भएको हो।
सदरमुकामबाट यारी नाका भन्सार कार्यालय जान नारा लेख काटेर जानुपर्ने हुन्छ। हिमपात हुने समयमा उक्त सडकखण्ड पूर्ण रुपमा बन्द हुने भएकाले जमेका हिउँ हिल्सा सिमकोट सडक योजनाले पन्छ्याउन थालेकोले यातायात सेवा पनि चाँडै सञ्चालमा आउने अपेक्षा गरिएको जनाएको छ।
Post Views: 4