भारतको जम्मू–कश्मिरस्थित महलगाम क्षेत्रमा हमला

वैशाख १२ काठमाडौं ।
भारतको जम्मू–कश्मिरस्थित महलगाम क्षेत्रमा हमला भएको छ। एएफपीको अनुसार बिहीबार राति दुई पक्षबीच गोली हानाहान भएको जनाएको छ।

लाइन अफ कन्ट्रोल (एलओसी) क्षेत्रमा केही फायरिङ भएको थियो। यसले दुई देशबीचको सम्बन्ध बिग्रिएपछि संयुक्त राष्ट्रसंघले भारत र पाकिस्तानलाई संयमता अपनाउन अनुरोध गरेको छ।

भारतीय टेलिभिजन संस्था एनडिटिभीले जनाए अनुसार भारतको जम्मू–कश्मिरस्थित पहलगाम क्षेत्रमा आतंकवादी समूहले २६ जनाको हत्या गरेपछि दुई देशबीचको सम्बन्ध थप चिसिएको हो।

तीन जना भारतीय सैनिकले रोयटर्सलाई दिएको जानकारी अनुसार पाकिस्तानी सेनाले सुरूमा भारतीय क्षेत्रमा गोली प्रहार गरेको थिए।

पहलगाम हमलापछि भारतीय सेनाले ‘सर्च एन्ड डिस्ट्रोइ’ अपरेशन सञ्चालन गरेको छ। सर्भिलेन्स ड्रोन र सैनिकहरू काश्मिर क्षेत्रमा परिचालन गरेको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *