युक्रेनको राजधानी किभमा क्षेप्यास्त्र र ड्रोन आक्रमण

वैशाख ११ काठमाडौं ।
युक्रेनको राजधानी किभमा क्षेप्यास्त्र र ड्रोन आक्रमण भएको छ। रुसी सेनाले युक्रेनी राजधानीमा गरेको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तिमा ९ जनाको मृत्यु भएको जनाएको छ।

रुसले ८७ युक्रेनी ड्रोन अवरुद्धको साथै तीमध्ये दुइटा ड्रोन मस्को क्षेत्रमा र ४५ ड्रोन क्रिमिया माथि प्रहार भएको रुसले दाबी गरेको छ। अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीको अनुसार आक्रमणमा परि ६३ जना घाइते भएको जनाएको छ।

किभका मेयर भिटाली क्लिट्स्कोले घाइतेहरूको अस्पतालमा उपचार भइरहेको जनाएको छ। ‘आक्रमणका कारण ६ स्थानमा आगो लागेको थियो,’ भने भग्नावशेषमा केही मानिसहरू फसेको जनाएको छ।

सुमी र जाइटोमिरसहित अन्य क्षेत्रमा पनि रुसी सेनाले आक्रमण गरेको र सबैभन्दा बढी किभ प्रभावित भएको जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *