वैशाख ११ काठमाडौं ।
एमसीसी परियोजना बन्द गर्ने अमेरिकाले निर्णय गरेको छ। अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बन्द गर्ने निर्णय गरेको हो।
एलन मस्क प्रमुख रहेका अमेरिकाको सरकारी दक्षता विभाग (म्इन्भ्)ले एमसीसी परियोजनामा कार्यरत कर्मचारीहरूलाई इमेल पठाएर एमसीसी परियोजना बन्द हुने जानकारी गराएको हो।
यो निर्णय सँगै आर्थिक विकास प्रवद्र्धन गर्न विश्वका धेरै विकासशील देशहरूमा सञ्चालनमा आएको एमसीसी योजना बन्द गरिने भएको हो।
सन् २००४ मा जर्ज डब्लु. बुश प्रशासनको समयमा एमसीसी स्थापना गरिएको थियो। यसलाई सहायता पारदर्शिता समूह ’पब्लिस ह्वाट यु फाउन्ड’द्वारा संसारकै सबैभन्दा पारदर्शी द्विपक्षीय एजेन्सीको रूपमा मूल्याङ्कन गरिएको थियो।
एमसीसी परियोजनामा झन्डै ३२० जना कर्मचारी कार्यरत छन्। त्यहाँ कर्यारत कर्मचारीलाई स्वैच्छिक अवकास लिन अप्रिल २९ सम्म इमेल गर्न निर्देशन दिइएको छ।