वैशाख ११ काठमाडौँ ।
आज देखि विश्व खोप सप्ताह सुरुवात भएको छ। भने आजै ‘इन्टरनेशनल ग्रल्स आइसिटी डे’ परेको छ। विश्व खोप सप्ताहको उद्देश्य सबै उमेरका मानिसलाई रोगबाट बचाउन साथै खोपको प्रयोगलाई प्रवद्र्धन गर्न यो सप्ताह हरेक वर्ष संयुक्त राष्ट्रसङ्घको आह्वानमा आयोजना हुने गरेको छ।
बालकदेखि वृद्धसम्मलाई रोगप्रतिरोधात्मक क्षमतायुक्त बनाउने विभिन्न खोपले औलो, इन्फ्लुएन्जा, गर्भवतीहरूलाई टिटानस किशोरीहरूलाई एचपिभी बाट जोगाउँछ। यस वर्ष ‘सबैका लागि खोप मानव रूपमा सम्भव छ’ नाराका साथ यो वर्ष खोप सप्ताह मनाइँदैछ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विगत ५० वर्षमा खोपका १५ करोड ४० लाख जीवन जोगिएको, शिशुको बाँच्ने अवस्थामा ४० प्रतिशतले योगदान पुगेको तथा बचाइएका जीवनको ६० प्रतिशत हिस्सा दादुरा खोपले ओगटेको उल्लेख गरेको छ। हरेक वर्ष आयोजना हुने खोप सप्ताह र इन्टरनेशनल ग्रल्स आइसिटी डे संयुक्त राष्ट्रसङ्घको आह्वानमा हुन्छ।
समावेशी डिजिटल रूपान्तरणका लागि सूचना प्रविधिमा केटीहरू शीर्षकमा आज किर्गिस्तान र इस्लामिक गणतन्त्र मोरिटानियामा डिजिटल विकास र नवीन प्रविधिबारे भौतिक रूपमा उपस्थित भएर तथा श्रव्यदृश्यका माध्यम बाट छलफल गरिने जनाएको छ।