आज शिक्षा मन्त्रीमा रघुजी पन्त नियुक्त

वैशाख १० काठमाडौं।
आज पन्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका छन्। नेकपा (एमाले) बाट समानुपातिक सांसद बनेका पन्त मन्त्री नियुक्त भएका हुन्।

गत वैशाख ८ गते विद्या भट्टराईले मन्त्री शिक्षा मन्त्री पदबाट राजीनामा दिए लगत्तै रिक्त पदमा एमालेले रघुजी पन्तलाई मन्त्री बनाउने भएको हो।

प्रधानमन्त्री निकट स्रोतका अनुसार उनको शपथ भोलि गराउने तयारी रहेको जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षा मन्त्री नियुक्त गरेका हुन्।

साथै प्रधानमन्त्री ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरेका छन्।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *