सगरमाथा क्षेत्रमा पर्यटकको संख्या बढ्दो

वैशाख ९ काठमाडौं ।
सगरमाथा क्षेत्रमा पर्यटकको संख्या बढ्दो रहेको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटकले भरिभराउ बनेको हो।

सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको अनुसार सोमबार मात्रै करिब सात सय पर्यटक खुम्बु क्षेत्रमा प्रवेश गरेको जनाएको छ। खुम्बु क्षेत्रमा भ्रमणमा आउने पर्यटकहरुमा ६ सय ५२ विदेशी र १ सय ५१ जना नेपाली रहेको बताएका छन्।

‘लुक्लामा मौसम अनुकूल भएकाले जहाजको उडान पनि बढाएको वसन्तयाममा खुम्बु क्षेत्रमा आएका पर्यटकहरूले होटलमा बास पाउन समेत मुस्किल भएको सगरमाथा आरोही तेम्बाछिरी शेर्पाले बताएका छन्।

खुम्बु क्षेत्रका पर्यटन व्यवसायी पर्यटकको आगमन बढेपछि हर्षित भएका टेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल(टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले जनाएका छन्। स्वदेशी तथा विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेसँगै निकुञ्जले राजस्व सङ्कलन वृद्धि समेत भएको जनाइएको छ।

निकुञ्जको कार्यालयका अनुसार सार्क राष्ट्रका पर्यटकबाट प्रतिव्यक्ति एक हजार ५००, अन्य मुलुकका नागरिकबाट प्रतिव्यक्ति तीन हजार र नेपालीबाट एक सय प्रवेश शुल्क लिने गरिएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *