भोली भारतीय विद्युत मन्त्री नेपाल आउँदै

वैशाख ८ काठमाडौं ।
भोली भारतीय विद्युत् मन्त्री नेपाल आउने भएका छन्। भारतीय विद्युत र आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर मन्त्री खट्टर अरूण–३ जलविद्युत आयोजना अवलोकनको लागि भोली नेपाल आउने भएका हुन्।

भारतीय कम्पनी सतलज जलविद्युत निगम (एसजेविएन)को स्वामित्वमा रहेको एसजेविएन अरूण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपिडिसी)ले निर्माण गरिरहेको उक्त आयोजनाको निरीक्षणको लागि मन्त्री खट्टर आउन लागेको जनाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का पनि अरूण–३ को अवलोकन गर्न पुग्ने मन्त्रालयले जनाएको छ। उक्त कार्यक्रममा एसजेविएनका अध्यक्ष राज कुमार चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत (सिइओ) प्रशान्त शर्माको पनि सहभागिता हुने आयोजनाले जनाएको छ।

ऊर्जामन्त्री खड्कासँगै भारतका विद्युत मन्त्री खट्टरले विभिन्न ठाउँका सवस्टेसन संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *