वैशाख ८ काठमाडौं ।
अन्धाधुन्ध स्वास्थ्यकर्मी माथि गोली चलाउने इसराईली सैनिकमाथि कारबाही गरेको छ।
गत मार्च २३ को बिहानीपख गजाको राफानजिक अन्धाधुन्ध गोली चलाएर १५ जना स्वास्थ्यकर्मीको हत्या गरेको आरोपमा ईसराइली सेनालाइ कारबाही गरेको हो।
विज्ञप्ति जारी गरी इसराइली सैनिकले उक्त घटनामा सेनाको गम्भीर व्यवसायिक त्रुटी भएको जनाएको छ। मानवीय सहायताका लागि एम्बुलेन्समा साइरनसहित जाँदै गरेका १५ जना स्वास्थ्यकर्मीमाथि अन्धाधुन्ध गोली चलाएका थिए।
घटनाको छानबिनपछि फिल्ड कमाण्डरलाई चेतावनी दिइएको र सहायक फिल्ड कमाण्डलाई बर्खास्त गरेको सेनाले जनाएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको अनुसार सेनाको महान्यायाधिवक्ताले पनि घटनाको अनुसन्धान गरिरहेको र उनीहरूलाई फौजदारी मुद्दा लाग्न सक्ने जनाएको छ।
सेनाका प्रवक्ता इफी डेफ्रिनले पत्रकारहरूसँगको कुराकानीमा उक्त स्थान युद्ध क्षेत्र रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघ र रेडक्रसको टोलीले खोजतलासका क्रममा एक सातापछि उनीहरुको शव गाडिएको अवस्थामा फेला पारेको थियो।
उक्त घटनामा बचेका स्वास्थ्यकर्मीले त्यसदिन १५ जना मारिँदा आफू बचेको विश्वासै गर्न नसकेको बताएका छन्।