वैशाख ८ काठमाडौं ।
आज सेयर बजार परिसूचक नेप्से २७ सयभन्दा तल भरेको छ। सेयर बजार अघिल्लो दिनको तुलनामा ७.७५ अंक घटेको हो।
सो अंकको गिरावटपछि नेप्से २६९८ अंकमा कायम भएको छ। बजारको परिसूचक नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । आज ८ अर्ब ७७ करोडको कारोबार भएको छ।
विकास बैंक ०.४३, होटल तथा पर्यटन ०.०६, हाइड्रोपावर ०.७७, लगानी ०.१७, उत्पादन ०.०३ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य केही दिनदेखि १० प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८८, युनिभर्सल पावरको ९.८०, नेपाल हाइड्रो डेभलपर्सको ९.०७ प्रतिशत बढ्यो।
व्यापार सेक्टर सबैभन्दा धेरै घट्यो । बैंकिङ ०.८५, जीवन बीमा ०.१६, माइक्रोफाइनान्स ०.११, निर्जीवन बीमा ०.१५, व्यापार १.५२ र अन्य समूह १ प्रतिशत, एसबीआई बैंकको मूल्य सबैभन्दा धेरै ४.१७ प्रतिशत, विन नेपाल लघुवित्तको ४.०२ तथा ग्रिन डेभलपमेन्ट बैंकको ३.९६ प्रतिशत मूल्य घट्यो।