वैशाख ७ काठमाडौं ।
याक संरक्षणमा सरकारले चासो देखाएको छ। हिमाली क्षेत्रको महत्त्वपूर्ण घरपालुवा जनावर याकको संख्या निरन्तर घटिरहेको बेला सरकार चासो देखाएको हो।
मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार आज पहिलो पटक कृषि मन्त्रालयले याक दिवस मनाएको हो। कृषि मन्त्रालयले निकालेको कृषि तथा पशुपन्छी डायरी अनुसार पछिल्लो समय कृषि तथ्यांक २०८० अगाडि लगातार याक संख्या तीव्र रूपमा घटिरहेको पाईएकोले यसको संरक्षणका लागि सरकारले पहलकदमी लिएर जनाएको छ।
संरक्षित जनावरका रूपमा रहेको याक संरक्षणमा सरकारले औपचारिक कार्यक्रम गरेको यो पहिलो पटक हो। कृषि तथा पशुपन्छी विकासमन्त्रीले पटक–पटक हिमाली क्षेत्रको याक, भेडा, च्याङ्ग्रा संरक्षण र विकासका लागि सरकारले काम गरिरहेको बताएका छन्।
पशु सेवा विभागको तथ्यांक अनुसार २०७७,७८ मा ६५ हजार ४ सय ६ याक थिए भने २ हजार ८ सय ४५ वटा चोरी भई घटेर २०७८,७९ मा ६२ हजार ५ सय ६१ थिए। यस्तै २०७९, ८० मा ५३ हजार १ सय ९५ वटा याक, नाक तथा चौरी रहेको तथ्यांक छ।
याक संरक्षण एवं प्रवद्र्धनका लागि सोलुखुम्बु स्याङ्बोचेमा याक आनुवंशिक स्रोत केन्द्र सञ्चालनमा ल्याइएको र उक्त केन्द्रले याकको शुद्ध नश्ल संरक्षण, आनुवंशिक सुधार, प्रविधि विस्तार र प्रसारमा महत्त्वपूर्ण कामको सुरुवात गरिरहेको मन्त्रालयले बताएको छ।