वैशाख ५ काठमाडौं ।
खनिजमा लगानी गर्ने अमेरिका र युक्रेनबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
अमेरिका युक्रेनको बीच प्राकृतिक स्रोत र ऊर्जा सम्पत्तिमा लगानी गर्न कोष स्थापना गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
फाइनान्सियल टाइम्सले जनाए अनुसार युक्रेनका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री युलिया स्विरिडेन्को र अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्टले भर्चुअल रूपमा सम्झौतापत्रमा हस्ताक्षर गरेको जनाएको छ।
समझदारीपत्रमा हस्ताक्षर भएपछि एक साताभित्र पूर्णता दिने तयारी रहेको उल्लेख गरेको छ। हस्ताक्षर पछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो एउटा समझदारीपत्र मात्रै भएको बताएका छन्।
Post Views: 4