वैशाख ५ काठमाडौं ।
आज पनि हल्का र मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेकोले वर्षाको सम्भावना रहेको जनाएको हो।
जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार बिहान कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। अन्य भूभागमा मौसम आंशिकदेखि साधारणता बदलीको अवस्था छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ। कोशी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मूख्यतया सफा देखि आंशिक बदली रहने महाशाखाले जनाएको छ।