वैशाख ४ काठमाडौं ।
साताको अन्तिम दिन सेयर बजार २६.४९ अंकले बृद्धि भएको छ। सेयर बजार २६.४९ अंकले वृद्धिपछि नेप्से परिसूचक २७२२ अंकमा कायम भएको छ।
आज १० अर्ब ७९ करोडको कारोबार भयो । व्यापार बाहेक सबै सेक्टरका परिसूचक बढेको छ। भने व्यापार ०.१५ प्रतिशत घट्यो।
लगानी समूह सबैभन्दा धेरै २.९९ प्रतिशत, बैंकिङ १.१४, विकास बैंक १.३५, जीवन बीमा ०.८४, फाइनान्स ०.७२, होटल तथा पर्यटन ०.३९, हाइड्रोपावर १.१३, उत्पादन तथा प्रशोधन ०.०५, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा ०.९६, अन्य सेक्टरको ०.३७ प्रतिशत बढ्यो।
नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत, एचआईडीसीएलको ६.८२, सुपरमादी हाइड्रोपावरको ६.६७, कर्पोरेट डेभलपमेन्ट बैंकको ५.८४ प्रतिशत मूल्य बढ्यो।
त्यस्तै बोटलर्स नेपाल बालाजुको मूल्य ४.४ प्रतिशत घट्यो, हिमालयन पावर पार्टनरको १ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भयो।