वैशाख ३ काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसद् अधिवेशनको आह्वान गरेका छन्। पौडेलले आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा संघीय संसद्को दुवै सदनको बैठक आह्वान गरेका हुन्। हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
गत १८ माघमा सुरु भएको हिउँदे अधिवेशन राष्ट्रपति पौडेलले गत चैत १९ गते अन्त्य गरेका थिए।
Post Views: 8