वैशाख ३ काठमाडौं ।
हमासले युद्धविरामको बदलामा हरियार त्याग्ने प्रस्ताव अस्वीकार गरेको छ । इजरायलले युद्धविरामको बदलामा हतियार त्याग्न गरेको प्रस्ताव हमासले अस्वीकार गरेको हो ।
इजरायलले आफूले गाजा क्षेत्रमा ६ हप्ता युद्धविराम गर्ने र त्यसको बदलामा हमासले हतियार त्याग्नुपर्ने प्रस्ताव राखेको थियो ।
हमासको अनुसार इजरायलले युद्ध अन्त्य गर्ने कुनै प्रतिबद्धता नजनाएकाले उक्त प्रस्ताव अस्वीकार गरिएको जनाएको हो।
बीबीसीको अनुसार प्यालेस्टिनी अधिकारीले हमासले युद्धविरामका लागि राखेको उक्त प्रस्ताव हमासले अस्वीकार गरेको जानकारी दिएको जनाएको छ ।
गाजा क्षेत्रमा इजरायलको सैन्य कारबाही जारी रहेका बेला सर्तसहितको युद्धविराम प्रस्ताव सार्वजनिक भएको थियो ।
Post Views: 8