सुनसरी सदरमुकाममा सिरुवा मेला सुरु

वैशाख २ काठमाडौं ।
सुनसरी सदरमुकाममा सिरुवा मेला सुरु भएको छ। नयाँ वर्षको आगमनसँगै सुनसरीको विभिन्न स्थानमा एक महिनासम्म लाग्ने जिल्लाकै पौराणिक एकमहिने सिरुवा मेला सुरु भएको हो।

सुनसरी सदरमुकाम इनरुवासहित विभिन्न स्थानमा एकमहिने ‘सिरुवा’ मेला लाग्दै आएको भएको छ। इनरुवाका पूर्वप्रमुख एवं अग्रज ८५ वर्षीय गोपाल कोइरालाका अनुसार इनरुवा–६ मधेसबाट सुरु भएको यो मेला जिल्लाका विभिन्न स्थानमा लागेर मोरङमा समापन हुने गरेको जनाएक छन्।

विसं २००७ को क्रान्ति र झोडा फँडानीपछि यहाँ लाग्दै आएको एकमहिने मेला लाग्दै मोरङमा गएर समापन हुने बताएका छन्।

यो मेला सदरमुकाम इनरुवाको, मधेस, इनरुवा–७ चान्दबेला, इनरुवा–८ गणेशपुर, इनरुवा–१ भगवती मन्दिरसहित रामधुनी नगरपालिकाको पाञ्चायन थान, कोसी–२ पश्चिम कुशाहास्थित सलहेस थान लगायत ठाउँ हुँदै मोरङमा गएर समापन हुने जनाएका छन्।

एक महिनासम्म प्रत्येक ठाउँमा बिहान ८ बजेदेखि लाग्ने यो मेला साँझ अन्त्य गरिन्छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *