चालु आर्थिक वर्षको सरकारी राजस्व संकलन सुस्त

वैशाख १ काठमाडौं।
चालु आर्थिक वर्षको सरकारी राजस्व संकलन सुस्त देखिएको छ। सरकारी राजस्व संकलन सरकारले राखेको लक्ष्य भन्दा निकै कम संकलन भएको हो।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा राजस्व एक खर्ब ७६ अर्ब रूपैयाँ संकलन भएको छ। साउनदेखि चैत महिनाको अवधिमा १० खर्ब १६ अर्ब ८३ करोड रूपैयाँको राजस्व संकलनको लक्ष्य राखिएकोमा ८ खर्ब ४० अर्ब ९१ करोड रूपैयाँ बराबरको मात्रै राजस्व संकलन भएको हो।

चालु आर्थिक वर्षमा सरकारले राखेको लक्ष्य र यथार्थ संकलनबीच ठूलो अन्तर देखिने छ। अघिल्लो वर्ष उठेको राजस्वको तुलनामा यो वर्ष ३८ प्रतिशत वृद्धि हुँदा मात्रै राजस्व संकलन सरकारको लक्ष्य अनुसार हुन्छ। यो वर्ष जम्मा ९ प्रतिशतको मात्रै राजस्व वृद्धिदर रहेको छ।

यो वर्ष अन्तशुल्क संकलनमा १८ प्रतिशतको वृद्धिदर र मूल्य अभिवृद्धि कर (भ्याट) १० प्रतिशतले बढेको छ। नौ महिनाको अवधिमा भन्सार महसुल १३.६१ प्रतिशतले बढेर एक खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। यो आयात सुधारको संकेत हो।

त्यस्तै निर्यात महसुल पनि १५४ प्रतिशतले बढेको देखिएको छ। मूल्य अभिवृद्धि कर दुई खर्ब ३९ अर्ब रूपैयाँ संकलन भएको छ। यसमा पनि आन्तरिक वस्तु बिक्रीमा लाग्ने भ्याट धेरै बढेको छ।

अन्तशुल्क एक खर्ब २३ अर्ब रूपैयाँ बढेको छ। आयातमा लाग्ने अन्तशुल्कको वृद्धि २० प्रतिशत माथिको छ। आयकर जम्मा ५.६ प्रतिशतले बढेर दुई खर्ब १३ अर्ब रूपैयाँ पुगेको छ। अन्तशुल्क, भ्याट तथा भन्सार महसुल बढ्ने र आयकर सोही गतिमा बढ्न नसक्नुले आर्थिक कारोबार बढेर पनि त्यसको प्रभाव आयमा नदेखिएको अर्थ लाग्छ।

समग्रमा चालु वर्षमा भन्सार विभाग मातहत संकलन हुने राजस्व गत वर्षको तुलनामा करिब ११ प्रतिशतले बढेर तीन खर्ब ३४ अर्ब रूपैयाँ पुगेको छ। आन्तरिक राजस्व विभाग मातहत संकलन हुने राजस्व १०.७८ प्रतिशतले बढेर ४ खर्ब ८ अर्ब रूपैयाँ पुगेको छ। गैरकर राजस्व १३.४ प्रतिशतले बढेर ८७ अर्ब रूपैयाँ पुगेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *