वैशाख १ काठमाडौं ।
नयाँ वर्षको अवसरमा सभामुख देवराज घिमिरेले शुभकामना दिएका छन्। घिमिरेले नयाँ वर्षमा मुलुकलाई स्थायित्व, विकार, समृद्धि र सामाजिक न्याय तर्फ अघि बढ्न प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।
२०८२ मा रोजगारी सिर्जना गर्दै उद्यमशीलताको प्रवद्र्धन र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार हुने विश्वास गरेको उल्लेख गरेको छन्।
विविध संस्कृतिहरू र गौरवशाली इतिहास बोकेको नेपाल नयाँ सम्भावनाहरू तर्फ अगाडि बढिरहेको उल्लेख गर्दै घिमिरेले आगामी दिनमा विकास र समृद्धिको दिशामा अघि बढ्न भौतिक, आर्थिक, सामाजिक तथा सुशासनका आधारहरूलाई सुदृढ गर्दै पूर्वाधार विकास गर्नुपर्ने बताएका छन्।
‘नयाँ वर्षले नेपाली समाजमा आपसी मेलमिलाप, एकता, समृद्धि र लोकतान्त्रिक मूल्य–मान्यताप्रतिको विश्वासलाई थप मजबुत बनाउने अपेक्षा लिएको शुभकामना सन्देशमा भनिएको छ।
Post Views: 6