युक्रेनको सुमी शहरमा रूसी मिसाइल आक्रमण

चैत ३१ काठमाडौं ।
युक्रेनको सुमी शहरमा रुसी मिसाइल आक्रमण भएको छ। युक्रेनी अधिकारीहरुको अनुसार दुईवटा ब्यालिस्टिक मिसाइलहरुले सहरको केन्द्रमा आक्रमण गरेको जनाएका छन्।

युक्रेनको सुमी शहरमा भएको रूसी मिसाइल आक्रमण बाट कम्तीमा ३२ जनाको मृत्यु भएको उल्लेख गरेको छ।
समाचार संस्था एपीको अनुसार भिडिओ फुटेजमा क्षतिग्रस्त भवनहरूको भग्नावशेषमा जलेका कारहरूको आगो निभाउन अग्नि नियन्त्रकहरू प्रयोग गरिरहेको देखिएको छ।

घटनास्थल बाट आधिकारिक च्यानलहरूमा पोस्ट गरिएका तस्बिरहरूमा सडकको छेउमा कालो बडी ब्यागहरूको लस्कर देखिएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दोहोरो मिसाइल आक्रमणमले ’धेरै’ जनाको मृत्यु भएको र उद्धार प्रयासहरू जारी रहेको पुष्टि गरेका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *