चैत ३१ काठमाडौं ।
अरिकनले ईलेक्ट्रोनिक वस्तुहरुको शुल्क हटाएको छ। केहि दिन अघि डोनाल्ड ट्रम्पले अमिराकामा आयात हुने वस्तुहरुमा सबैभन्दा बढी शुल्क लगाउने निर्णय गरेको थियो।
त्यो निर्णय बाट पछि हट्दै ट्रम्पले स्मार्ट फोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक वस्तुहरुमा शुल्क हटाएका घोषणा गरेको हो। बीबीसीको अनुसार ट्रम्पको पछिल्लो निर्णयसँगै सूचनामा सेमीकण्डक्टर, सोलार ब्याट्री, टिभी डिस्प्ले, फ्ल्यास ड्राइभ (पेन ड्राइभ), मेमोरी कार्ड लगायतमा शुल्क छुट दिइएको जनाएको छ।
अमेरिकाको कस्टम एण्ड बोर्डर पेट्रोल (सीबीपी)ले सूचना जारी गरी गर्दै शुल्क छुट चीनबाट अमेरिका आयात हुने स्माटफोन र तिनका पार्टपूर्जासहितका इलेक्ट्रोनिक सामानमा समेत हुने जनाएको छ।
अधिकांश इलेक्ट्रोनिक उपकरणहरु चीनमा बन्ने गर्दछन् र ती अमेरिकामा पनि आयात हुने गर्दछन्। शुल्क वृद्धिको घोषणा कार्यान्वयनमा आउँदा चीनबाट अमेरिकामा पुग्ने इलेक्ट्रोनिक उपकरणहरुको मूल्य बढ्ने अनुमान थियो।