चैत्र ३० काठमाडौं ।
हमास र इजिप्टका मध्यस्थकर्ता बीच कायरोमा गाजाको युद्ध अन्त्यका लागि वार्ता भएको छ। गाजामा जारी हिंसाबीच हमास र इजिप्टका मध्यस्थकर्ताबीच कायरोमा वार्ता भएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा बन्धक बनाइएकाहरूको रिहाइका लागि सम्झौतानजिक पुगेको बताएको केही दिनपछि दुवै पक्ष वार्तामा जुटेका हुन्।
आज कायरो, प्यालेस्टिनी आन्दोलनका वरिष्ठ नेताहरूले कायरोमा इजिप्टका मध्यस्थकर्तासँग वार्ता गरिरहेका बेला हमासले गाजामा युद्ध अन्त्यका लागि युद्धविराम सम्झौताको दिशामा ‘वास्तविक प्रगति’ को अपेक्षा गरेको वार्तामा संलग्न एक अधिकारीले बताएका छन्।
हमासका एक अधिकारीले एएफपीलाई बताएअनुसार प्यालेस्टिनी समूहले इजिप्टका मध्यस्थकर्तासँगको बैठकबाट महत्वपूर्ण प्रगति हुने अपेक्षा गरेको छ।
इजरायल र इजिप्टबीच सम्भावित युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौताको खाका आदानप्रदान भएको इजरायली सञ्चारमाध्यममा उल्लेख भएपनि हमासले अहिलेसम्म युद्धविरामको नयाँ प्रस्ताव प्राप्त नगरेको र मध्यस्थकर्ताहरूसँग सम्पर्क र छलफल जारी रहेको बताएको छ।