चैत्र ३० काठमाडौं ।
पछिल्लो समय अर्थतन्त्रमा सुधार आएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन्।
नेपाल पत्रकार महासंघ पाल्पाले शनिबार तानसेनमा राखेको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रमा क्रमिक सुधार आएको बताएका हुन्।
अर्थतन्त्रमा देखा परेको प्रतिकूलतालाई अनुकूलतामा बदल्न वर्तमान सरकारले धेरै प्रयास गरेकाले सुधारको संकेत देखा परेको बताएका छन्।
सरकार निर्माण हुँदाका बखत अर्थतन्त्रका कैयौं परिसूचकहरु नकारात्मक भएको साथै वर्तमान सरकार गठन भएपछि धेरै प्रयास गरेकाले अहिले केही सुधारका संकेत देखा परेको बताएक हुन्।
पाल्पा, रुपन्देही क्षेत्रको लाइफलाइन सिद्धार्थ राजमार्ग र अहिले निर्माण भइरहेको सिद्धबाबा सुरुङमार्ग समयमा सक्नेगरी काम भएको समेत बताएक छन्।
सिद्धार्थ राजमार्गको जोखिमयुक्त यात्राबाट सुरक्षित यात्रामा बदल्ने यहाँका आम मानिसको चाहनालाई पूरा गर्न आफूले प्रयास गरेको समेत बताएका हुन्।