चीनमाथि अमेरिकाले भन्सार शुल्क बढायो

चैत २९ काठमाडौं ।
चीनमाथि अमेरिकाले भन्सार शुल्क बढाएको छ। चिनियाँ सामानहरु अमेरिका लानका लागि भन्सार शुल्क बढाएर १२५ प्रतिशत बाट बढाएर १४५ प्रतिशत बनाएको छ।

ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ। यस अघि चीनले पनि अमेरिका बाट आयात हुने सामानहरूमा ८४ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको थियो।

चीनमाथि १४५ प्रतिशत भन्सार शुल्क लगाउनुको सरल अर्थ हो– चीनमा उत्पादित १०० डलरको सामान अब अमेरिका पुग्दा २४५ डलर पर्ने छ। जसका कारण अमेरिकामा चिनियाँ सामान महँगो हुने र त्यसको बिक्री घट्ने सम्भावना छ। यता चीनले पनि अमेरिकामाथि जवाफी ८४ प्रतिशत भन्सार शुल्क लगाएको छ।

ट्रम्पले आफ्नो विस्तृत भन्सार शुल्क योजनामा परिवर्तन ल्याउँदै चीन बाहेक सबै उच्च दरमा भन्सार शुल्क लगाइएका देशहरूमा ९० दिनसम्म भन्सार शुल्क स्थगन गर्ने निर्णय गरेका थिए।

भन्सार शुल्क युद्ध चर्किंदै जाँदा चीनले विहीबार प्रतिक्रिया दिँदै अमेरिका सामु ‘जबरजस्ती’ झुक्ने होइन, अन्तिमसम्म लड्ने बाटो रोज्ने जनाएको छ। अमेरिकी भन्सार शुल्क विवादसँगै सेयर बजार र कच्चा तेलको मूल्यमा गिरावट आएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *