अमेरिकाको न्युयोर्क सिटीमा हेलिकप्टर दुर्घटना

चैत २९ काठमाडौं ।
अमेरिकाको न्युयोर्क सिटीमा हेलिकप्टर दुर्घटना भएको छ। न्युयोर्क सिटीको हडसन नदीमा हेलिकप्टर खस्दा ६ जनाको मृत्यु भएको जनाएको छ।

अमेरिकी सञ्चारमाध्यमहरूले जनाए अनुसार बिहीबार दिउँसो तीन बजे जहाज असन्तुलित हुँदै नदीमा खसेको भिडिओ अमेरिकी मिडिया र सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

उक्त हेलिकप्टरमा तीन बालबालिकासहित ६ जना सवार रहेकोमा सबैको मृत्यु भएको न्युयोर्क सिटीका मेयर एरिक एडम्सले बताएका छन्।

तीन बालबालिकाको शव नदीबाट निकालिएको छ। भने जहाजमा सवारहरू स्पेनिस रहेको र उनीहरू घुम्न आएको बताइएको छ।

मेयर एरिक एडम्सका अनुसार हेलिकप्टरले म्यानहट्टनको स्काइलाइन हुँदै उत्तरतर्फ उडान भरेको र त्यसपछि स्ट्याच्यु अफ लिबर्टीतर्फ फर्कने क्रममा दुर्घटना भएको जनाएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *