हिमाल आरोहणका लागि ३३० जनाले पाए अनुमति

चैत २६ काठमाडौं ।
हिमाल आरोहणका लागि ३५ समूहका ३३० जनाले अनुमति पाएका छन्। वसन्त ऋतुमा हिमाल आरोहणका लागि अहिलेसम्म ३५ समूहका ३ सय ३० जनाले अनुमति पाएका हुन्।

पर्यटन विभागको अनुसार अहिलेसम्म १५ हिमालमा आरोहणको लागि अनुमति जारी भएको छ। सर्वोच्च शिखर सगरमाथामा मात्र १२ समूहका १ सय २० जनाले आरोहण अनुमति पाएका छन्।

त्यस्तै अन्नपूर्ण हिमाल आरोहण गर्न ६ समूहका ६६ जनाले अनुमति पाएका छन्। मकालु हिमाल आरोहणका लागि ३ समूहका ४० जनाले आरोहण अनुमति पाएको विभागले जनाएको छ।

पर्यटन विभागका अनुसार सोमबारसम्म ७७ महिला र २ सय ५३ पुरुषले आरोहण अनुमति पाएको र हिमालहरू बाट कुल २२ करोड रुपैयाँ आरोहण दस्तुर संकलन भइसकेको जनाएको छ।

 

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *