अमेरिकाले अतिरिक्त ट्यारिफको धम्कीमा चीनले गर्यो अन्तिमसम्म लड्ने चेतावनी

चैत्र २६ काठमाडौं ।
चीन माथि अमेरिकाले अतिरिक्त ट्यारिफको धम्कीमा चीनले अन्तिमसम्म लड्ने चेतावनी दिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि अतिरिक्त ट्यारिफ लगाउने धम्की दिएपछि चीनले पनि आफ्नो प्रतिक्रिया दिदै अन्तिमसम्म लड्ने चेतावनी दिएको हो।

ट्रम्पको धम्कीलाई चिनियाँ वाणिज्य मन्त्रालयले ‘एक अर्को ठूलो गल्ती’ गरेको बताएको छ । मन्त्रालयले अमेरिकाको कुनै पनि प्रकारको धम्कीलाई स्वीकार नगर्ने र अन्तिमसम्म ट्यारिफविरुद्ध पूरै ताकतले लड्ने चेतावनी दिएको छ।

चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले पनि यो यो ट्यारिफ युद्धबारे आफ्नो अखबार पिपल्स डेलीमा लेख प्रकाशित गरेको छ। लेखमा ट्रम्प प्रशासनको आलोचना गर्दै भनिएको छ, ‘अमेरिका ट्यारिफलाई एक हतियारजस्तै प्रयोग गरिरहेको छ। जब कि चीन अन्तर्राष्ट्रिय सहयोग र बराबरीको समर्थक हो।’

लेखमा चीनको प्रतिक्रिया उचित, कानुनी, मजबुद र संयमित रहेको बताइएको छ। अमेरिकाले विश्वलाई आफ्नो शक्ति देखाउन ट्यारिफको रवैया देखाएको आरोप समेत लेखमा छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *