चैत २५ काठमाडौं।
छैठौं बिम्स्टेक शिखर सम्मेलनमा नेपाल सरकार र इनर्जी रेड बुलका प्रतिनिधि बीच भेट भएको छ।
बिम्स्टेक शिखर सम्मेलनमा सहभागि हुन नेपालका प्रधानमन्त्री थाइल्याण्ड पुगेका थिए। सोहि क्रममा प्रतिष्ठित इनर्जी ड्रिंक ब्रान्ड रेड बुलका थाइ तथा नेपाली प्रतिनिधि र सरकारी पक्षबीच महत्त्वपूर्ण अनौपचारिक भेटघाट भएको हो।
थाइल्याण्डस्थीत नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा नेपालका प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले उक्त भेटघाटमा सिलवाल र युविध्याले रेड बुल ब्रान्ड थाइल्याण्ड र नेपालबीच सहकार्यको सफल उदाहरण बनेको जानकारी गराएका थिए।
विश्वव्यापी रूपमा अद्वितीय स्वाद र गुणस्तरको लागि परिचित रेड बुल ब्रान्ड नेपाली उपभोक्ता माझ पनि अत्यन्त लोकप्रीय रहेको जानकारी समेत गराएका थिए।
सिलवाल र युविध्याले हाल नेपालस्थित फ्याक्ट्रीले ४०० बढीलाई रोजगारी दिई रहेको तथा थप २ मिलियन अमेरिकी डलर लगानी गरी उक्त फ्याक्ट्रीलाई विस्तार गर्दै थप रोजगारी सिर्जना गर्ने योजना रहेको बताएका छन्।
हाल नेपालमा सरस बेभरेजले रेड बुलको व्यापारबाट १ अर्ब बढी कर नेपाल सरकारलाई बुझाउँदै आएको छ।