रास्वपा सभापति लामिछाने सहकारी ठगी प्रकरणमा भैरहवा कारागार चलान

चैत २५ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा भैरहवा कारागार चलान भएका छन्।

सहकारी ठगी र संगठित अपराध मुद्दामा गत माघ १३ गते जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेपछि जिल्ला सरकारी वकिल कार्यालय र लामिछाने दुवैले पुनरावेदनका लागि उच्च अदालत बुटवलमा निवेदन दिएका थिए।

उक्त निवेदनमाथि गत शुक्रबार उच्च अदालतले सुनुवाइ गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो। उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि आज बिहान लामिछाने भैरहवा कारागार चलान भएका हुन्।

कारागार पुगे पछि लामिछानेले अदालतको आदेशप्रति सम्मान रहेको प्रतिक्रिया दिएका छन्। जिल्ला कार्यालय भैरहवाका कारागार प्रशासक सुरेश भण्डारीको अनुसार लामिछानेलाई ब्लक नम्बर ४ मा राखिएको बताएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *