चैत २५ काठमाडौं ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ।
प्रकृति संरक्षण कोषको सहयोगमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र अर्जुनीमा बाघ–चितुवा लगायतका जनावरलाई उद्धार गरी राख्नका लागि वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषको रु एक करोड बढीको लगानीमा दुई उद्धार केन्द्र निर्माण भइरहेको जनाएको छ।
बाघ–चितुवा लगायतका जनावरलाई निकुञ्जको मध्यवर्ती क्षेत्रबाट उद्धार गरेर ल्याएपछि खुवाउने आहाराको व्यवस्थाका लागि आवश्यक बजेटको जोहो मिलाउने कार्य हुन बाँकी रहेको र त्यसलाइ पनि अगाडि बढाउनु पर्ने जनाएका छन्। केन्द्रका लागि पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको कोषका कञ्चनपुर कार्यालय प्रमुख लक्ष्मीराज जोशीले बताए।
केन्द्रको चारैतिर सडक निर्माण भइरहेको पूरा हुन लागेको बताएका छन्। खानेपानी, विद्युत्, सिसिटिभी जडानको कार्य हुन बाँकी छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले केन्द्र निर्माणका लागि निकुञ्ज कार्यालयले प्राविधिक सहयोग र निर्माणका लागि जग्गा व्यवस्थापन सँगै अनुमति दिने कार्य गरेको बताएका छन्।
वन्यजन्तु उद्धार केन्द्रमा अलपत्र अवस्थामा फेला परेका, अशक्त, घाइते र समस्याग्रस्त जीवजन्तुको उद्धार गरी केन्द्रमा राखेर पालनपोषण पछि वासस्थानमा पुनस्र्थापन गर्न सघाउने कार्य गर्ने जनाएको छ।
मध्यवर्ती क्षेत्रबाट उद्धार गरी ल्याउने बाघ–चितुवा लगायतका अन्य जनावरको केन्द्रमा राखेर स्वास्थ्य परीक्षणको कार्यसँगै बाघ–चितुवालाई उद्धार गरेर ल्याएपछि आनीबानीमा सुधार नहुँदासम्म केन्द्रमा राखिने र त्यस पछि सुरक्षित स्थानमा छाड्निका लागि केन्द्रको निर्माण गरेको जनाएको छ।
आधुनिक शैलीमा जीवजन्तुलाई राख्नका लागि निर्माण भइरहेको केन्द्र सुदूरपश्चिम क्षेत्रमा पहिलो रहेको छ। भने चितुवा लगायतका जनावरलाई उद्धार गरी राख्नका लागि डडेल्धुरामा एनटिएनसीले खोर यस अघि नै निर्माण गरी सञ्चालनमा ल्याएको थियो।